गायकबाट नायक वन्दै गरेका श्री कृष्ण लुईटेल (बोके दार्ही) यतिवेला मलेसिया आईपुगेका छन । आफुले निर्देशन तथा निमार्ण गरेको नेपाली कथानक चलचित्र वस न १३६ को प्रर्दशनको शिलशिलामा उनी मलेसियामा आईपुगेका हुन ।
क्वालालम्पुरमा रहेको नमस्ते नेपाल युवा समुहको सक्रियतामा मलेसियाका करीव १५ वटा स्थानमा उक्त फिल्म प्रर्दशन हुने भएको छ । मलेसियाको दोश्रो ठुलो शहर पेनागमा रहेको वातुमाउ भन्ने स्थानमा उनको मंसीर २६ गते देखि पहिलो प्रर्दशन हुन लागेको छ । मलेसियामा उनले आफनो फिल्म संगै आफुले गायक विभिन्न गीतहरु समेत प्रर्दशन गर्ने भएका छन । उनी करीब एक महिना मलेसिया वस्ने कार्यक्रम रहेको आयोजक मध्येका एक दिपेश गौलीले फिल्मीखवर डटकमलाई बताए ।
सम्झना फिल्मसको व्यानरमा भुपेन्द्र लिङदेन (मन्त्री) को प्रस्तुती रहेको सो चलचित्रमा बोके दार्हिको साथमा मेलिना मानन्धर, विल्सन बिक्रम राई, रवि क्षेत्री, पुष्प श्रेष्ठ, मुकुन्द श्रेष्ठ, राजाराम पौडेल, विपीन प्रसाईंलगायतका कलाकारको अभिनय रहेको छ । कमल राईको नृत्य, सौरभ लामाको छायांकन विपीन मल्लको सम्पादन रहेको चलचित्रमा सूर्यदेवको द्वन्द्व रहेको छ ।
|
No comments:
Post a Comment